प्रधानमन्त्रीको जवाफ : ३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ  « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

प्रधानमन्त्रीको जवाफ : ३१ जना यात्रु छुटेको दुबई पुगेपछि मात्र थाहा पाएँ 


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्ना लागि उडान २ घण्टा अगाडि सार्दा ३१ जना यात्रु छुटेको विषय दुबई पुगेपछि मात्र थाहा पाएको बताएका छन् ।

प्रधानमन्त्री ‘प्रचण्ड’ जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप-२८ मा सहभागी हुन बुधबार राति नेपाल एयरलाइन्सको विमानबाट दुबई गएका थिए । उनको यात्राका लागि उडान २ घण्टा अगाडि सारेका कारण ३१ जना यात्रु छुटेका थिए ।

आइतबार स्वदेश फर्किएका प्रधानमन्त्री ‘प्रचण्ड’ले यसबारे दुबई पुगेपछि मात्र थाहा पाएको बताए । उनले भने, ‘३१ जना यात्रु छुट्दैछन् भन्ने थाहा भएको भए म २ घण्टा छिटो ल्याउन दिने थिइनँ । जुन टाइम हो, त्यही टाइममा जान्थेँ।’

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आफ्नो फ्लाइटको टाइम मिलाएको भन्ने जानकारी आफूले पाएको उनले बताए । ‘मैले त क्यानले मिलायो भन्ने मात्र बुझेँ। उहाँ पुगिसकेपछि मात्र थाहा भयो कि मेरो कारणले २ घण्टा छिटो ल्याउन खोज्दा ३१ जना यात्रु छुटेका रहेछन्’ प्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘मैले साथीहरुलाई भने पनि, यो कुरा मलाई यहाँ थाहा भएको भए प्लेन रोकेर पनि लिएर जान्थेँ।’

Tags :
प्रतिक्रिया दिनुहोस