सिग्देल रथीमा बढुवा सिफारिस « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सिग्देल रथीमा बढुवा सिफारिस


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ। जंगीअड्डाले अशोकराज सिग्देललाई रथीमा बढुवा गर्न रक्षा मन्त्रालयमा सिफारिस गरेको छ ।

यसअघि बढुवा सिफारिसका लागि जंगीअड्डाले सूचना निकालेका उपरथी ताराध्वज पाण्डेले उमेर विवाद सतहमा आएपछि राजीनामा दिएका थिए ।

सूचना निकालेको सात दिनपछि जंगीअड्डाले बढुवाका लागि सिफारिस गरेको हो ।

सिफारिस मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेश भएर निर्णय हुनेछ । सिग्देल रथीमा बढुवा भए हालका प्रधानसेनापति प्रभुराम शर्माको अवकाशपछि सेना प्रमुख हुने रोलक्रममा आउने छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस