शरणार्थी प्रकरणमा छुट्ने आरोपितसँग अख्तियार र सम्पत्ति शुद्धीकरणले बयान लिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणमा छुट्ने आरोपितसँग अख्तियार र सम्पत्ति शुद्धीकरणले बयान लिने


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालतको आदेशपछि रिहा हुने आरोपित थुनामुक्त भएलगत्तै राज्यका अरु दुई निकायले छानबिनका लागि नियन्त्रणमा लिने भएका छन् ।

गत शुक्रबार उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा १९ आरोपितमध्ये ९ जनालाई रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशपछि धरौटी बुझाएर र सामान्य तारेखमा रिहा हुन लागेका आरोपितलाई केन्द्रीय कारागारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी गरेको छ ।

शुक्रबार उच्च अदालतको आदेशपछि आरोपितहरू आशिष बुढाथोकी सामान्य तारिखमा छुट्नुपर्ने थियो भने हरिभक्त महर्जनले १५ लाख, शमशेर मियाँ, नरेन्द्र केसीले १०-१० लाख रुपैंया धरौटी बुझाइसकेका छन् ।

अर्को निकायमा बुझाउनुपर्ने भएकाले उनीहरूलाई आइतबार रिहा भएनन् । उच्च अदालतले धरौटी मागेका टेकनाथ रिजालले १५ लाख, सन्दीप रायमाझीले ३० लाख र रामशरण केसीले १५ लाख बुझाइसकेका छैनन् ।

कारागारले आरोपितलाई बुझाएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनीहरूमाथि अनुसन्धानको सिलसिलामा बयान लिनेछ । पक्राउ हुने अवस्था नभए उनीहरूलाई धरौटी मागेर रिहा गर्ने प्रक्रिया छ । पक्राउ गर्नुपर्ने भएमा विशेष अदालतमा पेश गर्नुपर्ने हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस