काठमाडौँ । श्रम कार्यालय बुटवलले गैरकानुनी ढङ्गले विदेश पठाउने भन्दै अन्तर्वार्ता लिइरहेको एक प्रशिक्षण केन्द्रमा छापा मारेको छ।
आइतबार तिलोत्तमा नगरपालिका-४ नयाँ मिलस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव कृष्णप्रसाद भुसाल नेतृत्वको टोलीले तिलोत्तमा ट्रेनिङ एण्ड टेष्ट सेन्टरमा छापा मारेको हो।
अनुगमनमा जाँदा अनुमति लिइएको भन्दा फरक काम गरेको पाइएको उपसचिव भुसालले बताएका छन्।
यस्तै उनीहरूले वैदेशिक रोजगारीमा पठाउने कम्पनी भन्दै रकम असुली गरेको पाइएको बताइएको छ ।
उपसचिव भुसालका अनुसार श्रम कार्यालयले जफत गरिएका कागजातमाथि अनुसन्धान गरी वैदेशिक रोजगार ऐन अन्तर्गत कारबाही प्रक्रिया अगाडि बढाइएको छ ।