हाम्रो कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : निगम « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हाम्रो कारण नेपाल ईयूको कालोसूचीबाट नहटेको होइन : निगम


१७ मंसिर २०८०, आइतबार


नेपाल वायुसेवा निगम

काठमाडौँ । नेपाल वायुसेवा निगमले आफ्नो कारण युरोपेली युनियन (ईयू्) को कालोसूचीबाट नेपाल नहटेको भन्ने कुरामा सत्यता नभएको दाबी गरेको छ।

आफ्नो कारण ईयूको कालोसूचीबाट नेपाल नहटेको भन्ने समाचार भ्रमपूर्ण आएको भन्दै नेपाल वायुसेवा निगमले विज्ञप्ति जारी गर्दै प्रष्टिकरण दिएको हो।

युरोपियन युनियनबाट २९ नोभेम्बर २०२३ मा नागरिक उड्डयन प्राधिकरण पत्र पठाउँदै नेपाली आकाश कालो सूचीमै रहेको जानकारी दिएको थियो।

त्यसमा नेपाल कालोसूचीबाट नहट्नुको कारण प्राधिकरणको न्यूनतम अन्तर्राष्ट्रिय सुरक्षाका मापदण्डहरू नेपालमा लागू नभएको कारण स्पष्टसँग लेखिएको विषय निगमले जानकारी दिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस