एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एनसेलको शेयर खरिदबिक्री छानबिन गर्नुपर्छ : सांसद सिंह


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभा सदस्य डा. अमरेशकुमार सिंहले दूरसञ्चार कम्पनी एनसेलको शेयर खरिदबिक्री शङ्कास्पद भएको दाबी गर्दै छानबिनका लागि सरकारसँग माग गरेका छन् ।

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सांसद सिंहले एनसेलको शेयर खरिदबिक्रीमा कर छली भएको दाबी गर्नुभयो । “जुन कम्पनीको वार्षिक रु. ४० अर्बभन्दा बढी आम्दानी छ, त्यो कम्पनी रु. साढे छ अर्बमा कसरी बिक्री हुन्छ ? यो पत्याउन सकिन्न”, सांसद सिंहले भने । 

सन् २०१६ मा तत्कालिन माउ कम्पनी स्वीडेनको टेलियासोनेराले एनसेलमा रहेको ८० प्रतिशत शेयर रु. एक अर्ब ३६ करोड ५० लाख अमेरिकी डलर अर्थात रु. एक खर्ब ४४ अर्ब ७ करोडमा मलेसियन कम्पनी आजियटालाई बिक्री गरेको थियो । तर अहिले सोही शेयर पाँच करोड डलर अर्थात् रु. साढे छ अर्बमा बिक्री गरिएकोप्रति उनले शंका व्यक्त गरे । 

Tags :
प्रतिक्रिया दिनुहोस