मुख्यमन्त्री कार्कीले दिए मन्त्रीहरूलाई जिम्मेवारी « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

मुख्यमन्त्री कार्कीले दिए मन्त्रीहरूलाई जिम्मेवारी


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरूलाई जिम्मेवारी दिएका छन् ।

आइतबार मुख्यमन्त्री कार्कीले काँग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअ‍ेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन् ।

आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस