२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौतमबुद्ध विमानस्थलबाट नियमित उडानको माग नाट्टाद्वरा ज्ञापनपत्र पेश

अ+ अ-

काठमाडौँ । नेपाल एसोसियसन अफ ट्राभल्स एन्ड टुर एजेन्ट (नाट्टा) लुम्बिनी प्रदेशको प्रतिनिधिमण्डलले नेपाल वायु सेवा निगममा ज्ञापनपत्र बुझाएको छ ।

रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित जहाज सञ्चालन गर्न गराउन माग गर्दै नाट्टाले निगममा ज्ञापनपत्र बुझाएको हो ।

नाट्टाका निवर्तमान अध्यक्ष सागर अधिकारी र पूर्वअध्यक्ष सञ्जीव जोशीको नेतृत्वमा काठमाडौँ गएको टोलीले निगमका नायब महाप्रबन्धक जनकराज कालाखेतीलाई ज्ञापनपत्र बुझाउँदै जतिसक्दो छिटो भैरहवाबाट नियमित उडान गराउन माग गरेको छ ।

उक्त ज्ञापनपत्र बुझ्दै नायब महाप्रबन्धक कालाखेतीले यसमा निगम सकारात्मक रहेको र सरकारले सहजीकरण गरेमा सञ्चालनमा लाग्ने जानकारी दिएको प्रतिनिधिमण्डलका एक सदस्यले बताएका छन् ।

कालाखेतीले निगमसँग चार वटामात्रै जहाज भएकाले केही समस्या भएको तर व्यवसायीले चासो राखेमा उडान पहल गर्ने बताएका थिए ।

४३ अर्बभन्दा बढी लगानी गरेको भैरहवा विमानस्थलमा निगमले भैरहवा-काठमाडौँ र भैरहवा-दिल्ली उडान गरेमा फुल बुकिङ गराउन सिङ्गो नाट्टा र ट्राभल्स व्यवसायी लागिपर्ने प्रतिनिधिमण्डलले बताएको छ ।

प्रतिक्रिया दिनुहोस