२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्व सैनिकविरुद्ध बलात्कारको झुटा जाहेरी दिएको आरोपमा महिला पक्राउ

अ+ अ-

काठमाडौँ । बलात्कारको झुटा जाहेरी दिएर फसाउन खोजेको आरोपमा एक महिला पक्राउ परेकी छन् । काठमाडौँ प्रहरीले ३१ वर्षीया कमला (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।

कमलाले नेपाली सेनाका अवकाशप्राप्त कर्मचारीविरुद्ध बलात्कारको आरोप लगाउँदै जाहेरी दिएकी थिइन् । तर घटना झुटो रहेको भन्दै विशाल (नाम परिवर्तन) ले कमला र उनलाई प्रयोग गर्ने रमेश (नाम परिवर्तन) विरुद्ध जाहेरी दिएका थिए ।

विशालका अनुसार उनले गत असोज १ नेपाली सेनाको जागिर छाडेका थिए । कमलाले साउन २ गते विशालले कोटेश्वरमा रहेको मितेरी गेस्ट हाउसमा आफूलाई बलात्कार गरेको भन्दै प्रहरीमा जाहेरी दिएका हुन् । ती महिलासँग आफ्नो भेट नभएको र होटेल पनि नगएको भन्दै दाबी गरेपछि प्रहरीले फरक ढङ्गले अनुसन्धान अगाडि बढाएको थियो ।

सरकारी वकिलसँगको बयानमा कमलाले आफूले रमेशको योजनामा विशालविरुद्ध झुटा जाहेरी दिएको स्वीकार गरेकी छिन् । उनका अनुसार ३÷४ वर्षअघि रमेशले सञ्चालन गरेको होटलमा उनी काम गर्थिन् । त्यसयता आफूलाई बेलाबखत उनले पैसा पनि दिने गरेको बयानका क्रममा उल्लेख गरेकी छिन् ।

२/३ महिनाअघि रमेशले आफूलाई फोन गरेर विशालविरुद्ध जाहेरी दिने योजना सुनाएको र त्यसैअनुसार आफूले जाहेरी दिएको पनि बताएकी छिन् । विभिन्न दबाब दिएर आफूलाई जाहेरी दिन लगाइएको उनको भनाई छ । रमेशले मितेरी होटलमा साउन २ गते बलात्कार गरेको भनेर जाहेरी दिन भनेको र बाँकी सबै कुरा आफूले मिलाउने उल्लेख गरेको कमलाको दाबी छ ।

विशालका अनुसार बलात्कार भएको भनिएको दिन उक्त होटलमा उनकै मोबाइल नम्बर इन्ट्री गरिएको थियो । उनीविरुद्ध बलात्कारको झुटा उजुरी दिन लगाउने रमेश उनकै साडु दाइ हुन् । रमेश भने फरार छन् । प्रहरीले उनको खोजी गरिरहेको छ । रमेश र अनिताविरुद्ध आपराधिक विश्वासघात गरेको आरोपमा काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ ।

प्रतिक्रिया दिनुहोस