काँग्रेस लुम्बिनी प्रदेश सम्मेलन: सुरु भयो बन्दसत्र « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

काँग्रेस लुम्बिनी प्रदेश सम्मेलन: सुरु भयो बन्दसत्र


१७ मंसिर २०८०, आइतबार


काठमाडौँ । नेपाली काँग्रेसको प्रथम लुम्बिनी प्रदेश सम्मेलनमा आइतबारदेखि बन्दसत्र सुरु भएको  छ । बन्द सत्रमा उपसभापति भुवनप्रसाद श्रेष्ठले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् ।

त्यस्तै बन्द सत्रमा सांगठानिक प्रतिवेदन महामन्त्री सुरेन्द्र आचार्यले र आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रकाश रानाले गर्नेछन् । ती प्रतिवेदनमा महासमिति सदस्यले आवश्यक सुझाव राख्ने छन्।  उक्त प्रतिवेदनलाई लुम्बिनी प्रदेशबाट पार्टीको महाधिवेशनमा लैजाने लुम्बिनी प्रदेश सभापति अम्बर सिंह पुनले बताए ।

सम्मेलनमा लुम्बिनी प्रदेशमा प्रदेशका ७ सय ५० प्रतिनिधिहरूको सहभागिता रहेको छ। बन्द सत्रमा प्रदेशका ५२ वटै निर्वाचन क्षेत्रका  प्रदेश महाधिवेशन प्रतिनिधि,प्रदेश क्षेत्रीय सभापति,क्षेत्रीय सभापति,जिल्ला सभापति,भातृ तथा शुभेच्छुक संस्थाका अध्यक्ष,प्रदेश पदाधिकारी,सदस्य सल्लाहकार र प्रदेशबाट केन्द्रमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य तथा पदाधिकारीहरूको सम्मेलनमा सहभागिता रहेको छ।  

यसअघि शनिबार सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस