घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

घुमुवा प्रहरी भन्दै व्यापारीसँग रकम असुल्ने युवक पक्राउ


१६ मंसिर २०८०, शनिबार


पक्राउ

काठमाडौँ । आफूलाई नेपाल प्रहरीको घुमुवा भन्दै व्यापारीसँग रकम उठाइरहेको अवस्थामा प्रहरीले वीरगन्जबाट एक जनालाई पक्राउ गरेको छ । 

गैरकानुनी गतिविधि गरेको अभियोगमा बाराको आदर्शकोतवाल गाउँपालिका–८ लक्ष्मीटोल निवासी ५५ वर्षीय गोविन्द महतो कोइरीलाई पक्राउ गरिएको हो ।

‘मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट बारा, पर्सा र रौतहट जिल्लामा  घुमुवा प्रहरीको जिम्मेवारीमा रहेको’ बताउँदै वीरगञ्ज महानगरपालिका–२३ हरपतगञ्जस्थित व्यापारीहरूसँग मासिकरुपमा रकम उठाइरहेको सूचनाका आधारमा प्रहरी टोलीले कोइरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस