काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शिक्षीकाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
नियुक्ति लिँदा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको आरोपमा कैलालीको बर्दगोरीया गाउँपालिका वडा नम्बर ४ स्थित श्री माध्यमिक विद्यालय कोटातुल्सीपुरमा कार्यरत बालबालिका कार्यकर्ता निरञ्जना मल्लविरुद्ध मुद्दा दायर गरिएको हो ।
मल्लले माध्यामिक शिक्षा परिषद् क्षेत्रीय कार्यालय वाराणासी भारतबाट जारी भएको हाई-स्कुल परीक्षाको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी वालबिकास सहयोगी कार्यकर्ताको पदमा नियुक्त लिएको अख्तियारको दाबी छ ।
मल्ललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिम कैद र जरिवाना सजाय हुन मागदाबी लिई आज विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए ।