सुकेधारामा लागेको आगलागी नियन्त्रणमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सुकेधारामा लागेको आगलागी नियन्त्रणमा


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । काठमाडौँको सुकेधारास्थित एक घरमा आगलागी भएको छ। 

शुक्रबार काठमाडौँ महानगरपालिका-४ सुकेधारास्थित बेसमाया डङ्गोलको घरको तेस्रो तलामा आगलागी भएको जिल्ला प्रहरी परिसरले जनाएको छ । 

५ बजेतिर उक्त घरमा आगलागी भएको भन्ने खबर प्रहरीले पाएको थियो। एक घण्टामा उक्त आगलागी नियन्त्रणमा आएको हो।

आगलागी कसरी भएको भन्ने खुलेको छैन। आगलागीको खबरपछि प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएको थियो। दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको हो। 

Tags :
प्रतिक्रिया दिनुहोस