शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आज नछुट्ने  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शरणार्थी प्रकरणमा थुनामुक्त गर्न आदेश भएका १० जना आज नछुट्ने 


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेकामध्ये ९ जनालाई छाड्ने आदेश भएपनि उनीहरू आइतबार मात्रै छुट्ने भएका छन् । 

उच्च अदालतका अनुसार, उच्चले जिल्ला अदालतको आदेश बदर गरेकाले त्यहाँसम्म पत्र पुग्नुपर्छ ।

अदालतले सन्दीप रायमाझीलाई ३० लाख, टेकनाथ रिजाल, रामशरण केसी र हरिभक्त महर्जनलाई १५ लाख र नरेन्द्र केसी र शमशेर मियाँलाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

टङ्ककुमार गुरुङ, केशव तुलाधर, आशिष बुढाथोकी र लक्ष्मी महर्जनलाई भने साधारण तारेखमा छाड्न अदालतले भनेको छ ।

अदालतले टोपबहादुर रायमाझीसहित ९ जनालाई थुनामै राख्ने आदेश सदर गरेको छ भने बालकृष्ण खाँणको हकमा न्यायाधीशको राय बाझिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस