२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अभियन्ता ईः सँगको सहमति कार्यान्वयन गर्न महानगरद्वारा समिति गठन

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अभियन्ता ईःसँग गरेको सहमति कार्यान्वयन गर्न समिति गठन गरेको छ।

महानगरले वडा नम्बर २२ का अध्यक्ष चिनीकाजी महर्जनको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेको हो।

गत असोज १० गते महानगर र अभियन्ता ई: पक्षबीच चार बुँदे सहमति भएको थियो।

फुटपाथ व्यवसायीहरूलाई कानुनले निषेध गरेकाबाहेक ठाउँमा व्यापार(व्यवसाय गर्न दिनेजस्ता विषयमा महानगरले अभियन्ता ई: पक्षसँग सहमति गरेको  थियो।

महानगरले गठन गरेको समिति र अभियन्ता ईः पक्षबीच शुक्रबार पहिलो बैठक बसेको छ। यसअघि भएका सहमति कार्यान्वयनका लागि महानगरले समिति गठन गरेपछि शुक्रबार पहिलो बैठक बसेको अभियन्ता ईःले बताए।

उनकाअनुसार शुक्रबारको बैठकमा सकारात्मक छलफल भएको छ।

यस्तै फुटपाथ व्यापार क्षेत्रहरू चिन्ह लगाउने, कर लगाउने, फुटपाथ बिक्रेताहरूलाई पहिचान गर्ने र महानगरले गर्नुपर्ने दीर्घकालीन लक्ष्यबारे पनि कुराकानी भएको उनले बताए। 

अभियन्ता ईः पक्षले भने महानगरलाई सम्झौतामा उल्लेख भएबमोजिम फुटपाथ व्यवसायीका जफत सामान फिर्ता गर्न आग्रह गरेको छ।

यस्तै  समितिको अर्को बैठक पुस ८ गतेका लागि बोलाइएको छ। 

प्रतिक्रिया दिनुहोस