टेकनाथ रिजाल र टोपबहादुर रायमाझीका छोरालाई धरौटीमा छाड्न आदेश « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

टेकनाथ रिजाल र टोपबहादुर रायमाझीका छोरालाई धरौटीमा छाड्न आदेश


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ । उच्च अदालत पाटनले भुटानी शरणार्थी प्रकरणमा  भुटानी शरणार्थीका नेता टेकनाथ रिजाल र पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई धरौटीमा छाड्न आदेश दिएको छ । अदालतले टेकनाथ रिजाललाई १५ लाख र सन्दीपलाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।

काठमाडौँ जिल्ला अदालतले गएको असार १ गते गरेको थुनछेकको आदेशलाई बेरितको भन्दै उक्त आदेश बदर गरी सामान्य तारिखमा मुद्दामा पुर्पक्ष गरिपाउँ भनेर प्रतिवादीका तर्फबाट उच्च अदालतमा दिइएको निवेदनमा गएको मङ्गलवारदेखि नियमित सुनुवाइ जारी थियो ।

सुनुवाइ हिजो सकिए पनि फैसला आज मात्रै आएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस