एनसेलको शेयर बेच्ने निर्णयविरुद्धको रिटमा उच्च अदालतले दुवै पक्षलाई बोलायो छलफलमा  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एनसेलको शेयर बेच्ने निर्णयविरुद्धको रिटमा उच्च अदालतले दुवै पक्षलाई बोलायो छलफलमा 


१५ मंसिर २०८०, शुक्रबार


काठमाडौँ। एनसेलको शेयर बेच्ने मलेसियन कम्पनी आजियाटाको निर्णयविरुद्ध परेको रिटमा उच्च अदालत, पाटनले दुवै पक्षलाई छलफलमा बोलाएको छ ।

व्यावसायिक वातावरण चुनौतीपूर्ण बन्दै गएको भन्दै आजियाटाले एनसेलमा रहेको सेयर बिक्री गर्ने निर्णय गरेको थियो । त्यसविरुद्ध परेको रिटमा न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरी लिखित जवाफ मागेको छ ।

साथै अन्तरिम आदेश दिने/नदिनेबारे भने दुवै पक्षको छलफल सुनेर मात्र निर्णय गर्नु उपयुक्त हुने भन्दै २५ गतेका लागि पेशी तोकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस