Logo २७ माघ २०८१, आइतबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

ढिलो आएको भन्दै सहभागीले नाराबाजी गरेपछि सम्बोधन नगरी हिँडे मुख्यमन्त्री 


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । ढिलो आएर छिटो जान खोजेको भन्दै कार्यक्रममा सहभागीले नाराबाजी गरेका छन्।

बिहीबार विराटनगरमा नेपाल पाराभेटनरी एण्ड लाइभस्टक एसोसिएसन कोशी प्रदेशले आयोजना गरेको ३४औँ स्थापना दिवसमा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की ढिलोगरी आएर छिटो जान खोजेपछि सहभागीहरूले नाराबाजी गरेका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि बनेका मुख्यमन्त्री कार्की सहभागीले नाराबाजी गरेपछि सम्बोधन नै नगरी हिँडे ।

‘दुग्ध तथा दुग्धजन्य पदार्थको बजारीकरणको समस्या र समाधानका विकल्पसम्बन्धी’ कार्यक्रमका प्रमुख अतिथि बनेका कार्की निर्धारित समयभन्दा करिब दुई घण्टा ढिलो पुगेका थिए । उनी पुग्दा कार्यक्रम सुरु भइसकेको थियो ।

उनी पुगेको केही समयपछि आयोजकले मुख्यमन्त्रीको व्यस्तताका कारण जानु पर्ने भन्दै सम्बोधनका लागि समय दिए । तर, सहभागी किसानले उठेर आफ्ना कुरा सुन्नुपर्ने भन्दै होहल्ला गरे । पोडियममा पुगेका मुख्यमन्त्री कार्कीले मुख्य समस्या राख्नुहोस्, सुन्छु भन्दै बोल्ने समय दिए ।

तीन जना किसानले कुरा राखेपछि कार्कीले मैले कुरा बुझे, अब मेरो कुरा पनि सुन्नुहोस् भन्दै आग्रह गरे । तर, सहभागीहरूले उठेर होहल्ला र नाराबाजी गर्न थालेपछि मुख्यमन्त्री कार्की सम्बोधन नगरी हिँडेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस