प्रधानमन्त्री ‘प्रचण्ड’ दुबईमा : यस्ता छन् आजका कार्यक्रम « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’ दुबईमा : यस्ता छन् आजका कार्यक्रम


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप-२८) मा भाग लिन दुबई पुगेका छन् । उनले आज दुबईमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यसूची रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बुधबार राती नेपालबाट त्यसतर्फ प्रतिनिधिमण्डलसहित प्रस्थान गरेका दाहाल स्थानीय समय अनुसार राति करिब १ः३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए । उनलाई विमानस्थलमा नेपाली राजदूत तेजबहादुर क्षेत्री र नेपालका लागि युएईका राजदूत अब्दुल्ला एम साम्सीलगायतले स्वागत गरेको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ले आज राजधानी आबुधाबीमा रहेको नेपाली दूतावासको अवलोकन गर्नेछन् । साथै नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम पनि रहेको सचिवालयले जनाएको छ । उनले साँझ नेपाल उद्योग वाणिज्य महासङ्घ दुबई चेम्बरले उनको सम्मानमा आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

कोप-२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा हुँदैछ । प्रधानमन्त्री ‘प्रचण्ड’ले डिसेम्बर १ देखि २ सम्म आयोजना हुने ‘कोप २८-विश्व जलवायु कार्य शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा भाग लिने कार्यक्रम रहेको छ । उनले डिसेम्बर २ तारिखमा उच्चस्तरीय सत्रमा राष्ट्रिय वक्तव्य सभामा प्रस्तुत गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस