अमेरिकाका पूर्व विदेशमन्त्री किसिन्जरको मृत्यु « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

अमेरिकाका पूर्व विदेशमन्त्री किसिन्जरको मृत्यु


१४ मंसिर २०८०, बिहिबार


काठमाडौँ । अमेरिकाका पूर्व विदेशमन्त्री हेनरी किसिन्जरको एक सय वर्षको उमेरमा कनेक्टिकटस्थित आफ्नै घरमा बुधबार बिहान निधन भएको छ ।

रिपब्लिकन पार्टीका किसिन्जर सन् १९७३ देखि १९७७ सम्म अमेरिकी विदेशमन्त्री भएका थिए ।

उनी अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको राष्ट्रिय सुरक्षा सल्लाहकार पनि थिए । चीनसँग सम्बन्ध विस्तारका लागि उनी पाकिस्तानको रावलपिण्डीबाट चीन गएका थिए ।

किसिन्जर एक राजनीतिज्ञ र एक प्रसिद्ध कूटनीतिज्ञ थिए। जसले राष्ट्रपति रिचर्ड एम. निक्सन र जेराल्ड फोर्डको शासनकालमा अमेरिकी विदेश नीतिमा अभूतपूर्व काम गरेका थिए।

उनले चिनियाँ नेता माओ र राष्ट्रपति निक्सनबीच भेटवार्ता गराएका थिए, जसले चीन–अमेरिका द्वन्द्वलाई अन्त्य गराएको थियो । माओ–निक्सन भेटवार्ता विश्व राजनीतिमा निकै चर्चित छ ।

अमेरिका–चीन शक्ति सन्तुलन कायम राख्न अमेरिकाले पहल गर्नुपर्नेमा जोड दिने किसिन्जरले दुई देशबीच स्थायी संवाद पनि आवश्यक रहेको पनि बताउँथे । राजनीतिमा आउनुअघि उनी हार्वर्डमा पढाउँथे ।

Tags :
प्रतिक्रिया दिनुहोस