न्यूनतम पारिश्रमिक कार्यान्वयनमा नआए आन्दोलन गर्ने चेतावनी « प्रशासन
Logo २३ बैशाख २०८१, आइतबार
   

न्यूनतम पारिश्रमिक कार्यान्वयनमा नआए आन्दोलन गर्ने चेतावनी


१३ मंसिर २०८०, बुधबार


काठमाडौँ । होटेल, क्यासिनो तथा रेष्टुरेन्टका मजदुरहरूले न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन्।

सामाजिक सुरक्षा कोषमा आबद्ध हुन पनि सरकारले आफूहरूलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाइ गर्न नहुने उनीहरूको भनाइ छ।

बुधवार नेपाल स्वतन्त्र होटेल, क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनले काठमाडौँमा आयोजना गरेको एक कार्यक्रमपछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लक्ष्मण तिवारीले आफूहरूलाई सरकारले तोकेको न्यूनतम मासिक पारिश्रमिक अब पनि कार्यान्वयनमा नआए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए।

Tags :
प्रतिक्रिया दिनुहोस