दुर्गा प्रसाईँका स्वकीय सचिव थापा, श्रीनिवाससहित ८ जनामाथि अनुसन्धान गर्न म्याद थप « प्रशासन
Logo २८ बैशाख २०८१, शुक्रबार
   

दुर्गा प्रसाईँका स्वकीय सचिव थापा, श्रीनिवाससहित ८ जनामाथि अनुसन्धान गर्न म्याद थप


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । गौशालामा प्रहरीमाथि ढुङ्गा प्रहार गरेको आरोपमा पक्राउ परेका ८ जनाविरुद्ध म्याद थप भएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौँले सोमबार गौशालामा प्रदर्शन गर्नेक्रममा प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा १५ जनालाई पक्राउ गरेको थियो। जसमध्ये ८ जनाविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरिएको परिसरले जनाएको छ । 

दुर्गा प्रसाईँका स्वकीय सचिव विनञ्जय थापा, श्रीनिवास आचार्यसहित ८ जनाविरुद्ध म्याद थप भएको हो।

निकेश बाँस्तोला, सुजन खड्का, मेहरमान बस्नेत, दिपेश खड्का, अनिल गुरुङ र मनोज थापामाथि अनुसन्धान गर्न म्याद थप भएको हो।

उनीहरूविरूद्ध सार्वजनिक शान्तिविरुद्धको कसुर र अभद्र व्यवहार मुद्दामा म्याद थप भएको प्रहरीले जनाएको छ।

अदालतले श्रीनिवास, मनोज, विनञ्जय र निकेशलाई ३ दिन हिरासतमा राख्न अनुमति दिएको छ भने अरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ।  

मंसिर ७ गतेदेखि मेडिकल व्यवसायी प्रसाईँले काठमाडौँका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन्। 

Tags :
प्रतिक्रिया दिनुहोस