२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पुनः दुई दर्जन बढी सहसचिवको सरुवा तयारी, प्रदेश पठाइनेको सूची तयार हुँदै

अ+ अ-

काठमाडौँ । ७१ जना सहसचिवको सरुवा लगत्तै पुनः दुई दर्जन बढीको सरुवा तयारी गरिँदै छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले प्रदेश तथा स्थानीय तहमा पठाउन सहसचिवहरूको सूची बनाउन लागेको हो । 

करिब छ दर्जन सहसचिवको सरुवा हुँदै गर्दा प्रदेश मन्त्रालयमा लामो अवधि पुगेका सहसचिवहरू संघमा आउन नपाएसँगै सिनियर सहसचिवहरूलाई प्रदेश पठाउने तयारीमा मन्त्रालय रहेको प्रशासन सिंहदरवार विशेष स्रोतले जानकारी दियो । ‘खासमा प्रदेशबाट संघमा आउने र संघबाट प्रदेश जानेहरू नै गर्ने भन्ने थियो’, ती अधिकारीले भने ‘तर सूची नै यसरी मडारियो कि को कहाँ कसरी पुगे, आफैलाई अत्तो पत्तो भएन ।’ 

अबको लटमा दुई दर्जन जति सहसचिवको सरुवा हुने र त्यसमा अधिकाँश प्रदेश सचिवहरुलाई समेटिने मन्त्रालय स्रोतको भनाई छ ।

अघिल्लो सरुवामा यति धेरै शक्ति सङ्घर्ष भयो कि सम्भवतः अहिलेसम्मकै सहसचिवको सरुवामा यति पटक सूची र नामावली थपघट भएन । जसमा कतिपय सहसचिवहरू महिना दिन पनि नपुग्दै पुनः मालदार अड्डामा जान सफल भए भने कतिपय इच्छाएका मन्त्रालयमा ।

संघकै लागि ‘सङ्गठित’ भनसुनका कारण प्रदेशमा लामो समय बिताएका सहसचिवहरू संघमा आउन पाएनन्, जसतर्फ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहको ध्यान पुग्न सकेन । यता कर्मचारीले बनाएको सूची काम लाग्ने कुरै भएन । दुई-चार व्यक्तिकै सरुवा मिलाउन तल्लीन मन्त्री साहकै कारण अहिले प्रदेश जानु पर्ने सहसचिवहरू ‘अन्याय भयो’ भन्दै सरुवा सच्याउन भनिरहेका छन् । 

सम्बन्धित समाचार : ७१ जना सहसचिवको सरुवा (नामावलीसहित)

तर अब भने प्रदेश नबसेका सिनियर सहसचिव र नव नियुक्त सहसचिवहरूलाई सर्लक्कै स्थानीय र प्रदेशमा पठाउने तयारी रहेको स्रोतको भनाई छ । 

प्रतिक्रिया दिनुहोस