ओली र ‘प्रचण्ड’ले गरे भर्खरै पुनर्निर्माण सकिएको सिंहदरवारको संयुक्त अवलोकन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

ओली र ‘प्रचण्ड’ले गरे भर्खरै पुनर्निर्माण सकिएको सिंहदरवारको संयुक्त अवलोकन


१२ मंसिर २०८०, मंगलबार


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्खरै पुनर्निर्माण सकिएर सञ्चालनमा आएको सिंहदरवारको पश्चिमतर्फको भवन अवलोकन गरेका छन् । २०७२ को भूकम्पपछि क्षति पुगेको यो भवन प्रबलीकरण (रेट्रोफिटिङ) गरी केही दिनअघिबाट सञ्चालन गरिएको थियो ।

सिंहदरवार प्रधानमन्त्री कार्यालयभित्रको आर्ट ग्यालरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र ओलीले संयुक्त अवलोकन गरेका थिए ।

आफ्नो पालामा नयाँ डिजाइनसहित पुनः निर्माण गरे पनि बस्न नपाएको कार्यालय उनले ‘प्रचण्ड’सँगै अवलोकन गरेका हुन् । मध्यपहाडी यात्रामा निस्कनुअघि प्रधानमन्त्रीसँग भेट गर्न सिंहदरवार पुगेका ओलीलाई ‘प्रचण्ड’ले नयाँ कार्यकक्ष र कार्यालय भवनको अवलोकन गराए ।

ओलीको पालामा निर्मित अत्याधुनिक कार्यालयको उद्घाटन भने ‘प्रचण्ड’ले गरेका थिए । अहिले प्रधानमन्त्री कार्यालय त्यहिँबाट सञ्चालन भइरहेको छ । ओलीलाई मुख्य सचिव वैकुण्ठ अर्यालले ब्रिफिङ गरेका थिए ।

ओलीले बाहिरी र भित्री कक्षहरूको ‘थ्रिडी एनिमेसन’ सहितको उक्त भवन अवलोकन गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस