सकियो नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको बहस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सकियो नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणको बहस


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाएको अभियोगमा पुर्पक्षमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणको तर्फबाट उच्च अदालत पाटनमा बहस सकिएको छ।

गत मंगलबारबाट निरन्तर सुनुवाइको क्रममा रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको बहस खाँणका तर्फबाट वकालत गर्ने क्रममा कानुन व्यवसायीहरूले आज बहस सकेका हुन्। खाँणको तर्फबाट आइतबार पनि बहस भएको थियो। 

पूर्व गृहमन्त्री खाँणको तर्फबाट वरिष्ठ अधिवक्ता, पूर्व महान्यायाधिवक्ता र नेपाल बार एसोसिएसनका पूर्व अध्यक्षहरूले बहस गरेका थिए। खाँणलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेश बदर हुनुपर्ने माग गर्दै उनीहरूले बहस गरेका छन्। आइतबार वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहादुर कार्की खम्बध्वज खत्रीलगायतले बहसको गरेका थिए। त्यसलाई निरन्तरता दिँदै सोमबार ७ जनाले बहस गरेका हुन्।

उच्च अदालतका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दै राखेर सुनुवाइ भइरहेको छ। मङ्गलवार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको तर्फबाट बहस हुनेछ।

Tags :
प्रतिक्रिया दिनुहोस