महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्न उपसभामुखको माग « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्न उपसभामुखको माग


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । उपसभामुख इन्दिरा रानाले महिलाहरूलाई प्रत्यक्ष निर्वाचनमा लड्नका लागि आरक्षणको व्यवस्था गर्नुपर्ने धारणा राखेकी छन् ।

सोमबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले महिलाहरूलाई प्रत्यक्ष निर्वाचन प्रणालीमा आरक्षणको व्यवस्था गर्नुपर्ने बताएकी हुन् । उनले महिला-महिलाहरूको बीचमा प्रतिस्पर्धा गराउने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै निर्वाचनमा लड्नका लागि बजेट नै छुट्याउनुपर्ने समेत बताइन् ।

उनले महिला सांसदहरू धेरै समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएको बताउँदै समानुपातिक सांसदहरूलाई होच्याउने काम भएको बताइन् ।

उपसभामुखले भनिन्, ‘धेरैजसो महिला सांसदहरू समानुपातिकबाट आएका छौँ । ३३ प्रतिशत आरक्षण प्रणालीबाट आएका छौँ । मलाई लाग्छ हामी निर्णायक भूमिकामा छैनौँ । हामीमा पहुँच छैन । त्यसले गर्दा कति कुराहरू चाहेर पनि हामीले ह्विपमा एस्, एस् भन्नुपर्छ । कति चित्त नबुझेको कुरामा पनि । महिलाहरू निर्णायक भूमिकामा आउनुपर्छ । पहुँचमा आउनुपर्छ र त्यसमा हामीले बढी लगानी गर्नुपर्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस