धनगढी उपमहानगरद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

धनगढी उपमहानगरद्वारा निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । धनगढी उपमहानगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको छ । सोमबारदेखि उपमहानगरपालिकाले आफ्नै लगानीमा दुई वटा शव चिस्यान सेवा सञ्चालनमा ल्याएको हो ।

शव चिस्यान सेवा नगरवासीलाई निः शुल्क उपलब्ध गराइने छ । सो शव चिस्यान सेवाको लागत दुई लाख २२ हजार ९६० रुपैयाँ रहेको छ । विदेश तथा घरबाट टाढा रहेका आफन्तको पर्खाइमा धेरै दिनसम्म राख्नुपर्ने मृतक शरीरको सुरक्षाका लागि शव चिस्यान सेवाको सुरुवात गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ ।

उपमहानगरलाई जनताप्रति उत्तरदायि बनाउँदै लगिएको र वैदेशिक रोजगारी तथा घरबाट टाढा रहेका दाजुभाइलाई आफन्तको मृत्यु हुँदा शव राख्ने चिस्यान अभावमा आमाबुवा तथा आफन्तको अनुहारसमेत हेर्न नपाउने अवस्था नआओस् भनेर शव चिस्यान सेवा सञ्चालनमा ल्याएको नगर प्रमुख गोपाल हमालले बताए ।

मृत्युलाई रोक्न नसकिने तर कसैको मृत्यु हुँदा आफन्तजन आउँदासम्म शवलाई सुरक्षित राख्न सकियोस् भनेर नगरवासीलाई नि:शुल्क शव चिस्यान सेवा सञ्चालन गरेको नगर प्रमुख हमालको भनाई छ ।

नगर प्रमुख हमालका अनुसार धनगढीवासीले उपमहानगरमा फोन गरेर जानकारी गराएपछि नगर प्रहरीले शव चिस्यान सेवा घरसम्मै निः शुल्करुपमा पुर्‍याइदिने र दाहसंस्कार गरिसकेपछि नगर प्रहरीले नै सो चिस्यान फिर्ता लिएर आउनेछन् । शव चिस्यान विद्युतबाट सञ्चालन हुन्छ ।

Tags :
प्रतिक्रिया दिनुहोस