बालकृष्ण खाँणको पुनरावेदन पक्षमा ७ जना वरिष्ठ अधिवक्ताले गरे बहस « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बालकृष्ण खाँणको पुनरावेदन पक्षमा ७ जना वरिष्ठ अधिवक्ताले गरे बहस


११ मंसिर २०८०, सोमबार


काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतको थुनछेक आदेशविरुद्ध एक सातायता उच्च अदालत पाटनमा बहस भइरहेको छ ।

सोमबार दिउँसोसम्म १७ जना प्रतिवादीका कानून व्यवसायीले बहस गरेका छन् । भर्खरै टोपबहादुर रायमाझीका तर्फबाट बहस सुरु भएको छ । प्रकाश खरेल र जनक पाण्डेको इजलासमा गत मंगलबारदेखि पुनरावेदन सुनुवाइ भइरहेको छ ।

यो प्रकरणमा बहालवाला सांसद रायमाझी र बहालवाला सचिव टेकनारायण पाण्डे तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसँगै अन्य १३ जना थुनामा छन् । काठमाडौँ जिल्ला अदालतबाट धरौटीमा छुटेकाले पनि आफूमाथि अन्याय भएको भन्दै पुनरावेदन गरेका छन् ।

उच्च अदालतमा खाणको पक्षबाट ७ जना वरिष्ठ अधिवक्ताले बहस गरेका छन् । पूर्वमहान्यायधिवक्ताहरु खम्मबहादुर खाती, बोणबहादुर कार्की र महादेव यादबसहित कृष्ण सापकोटा, प्रेमबहादुर खड्का, हरिहर दाहाल र सुरेन्द्र महतोले बहस गरेका छन् ।

अब प्रतिवादीहरूमा रायमाझीबाहेक सागर राई, रामशरण केसी र केशवप्रसाद तुलाधरको पक्षबाट बहस हुन बाँकी छ । सरकारी वकिलले पनि बहस गर्ने छ । त्यसपछि इजलासले आदेश सुनाउने छ । प्रतिवादीअनुसार जिल्लाको आदेश सदर वा बदर हुन सक्नेछ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर लैजाने खोज्नेक्रममा करोडौँ रुपैयाँ ठगी भएको उजुरीपछि हाईप्रोफाइलहरू समातिएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस