२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीलाई प्राप्त छात्रवृत्तिमा छोरीलाई पठाएको होइन : परराष्ट्र सचिव पौड्याल

अ+ अ-

काठमाडौँ । क्यानडाका लागि सिफारिस परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले आफ्नी छोरीले क्षमताकै आधारमा विदेशमा आंशिक छात्रवृत्तिमा अध्ययन गरेको प्रस्ट पारेका छन् । 

संसदीय सुनुवाइ समितिको आइतबारको बैठकमा पौड्यालले कर्मचारीलाई प्राप्त भएको छात्रवृत्तिमा छोरीलाई पठाएको नभई उनले आफै आंशिक छात्रवृत्ति पाएको जानकारी दिए । राजदूतमा सिफारिस भएपछि संसदीय सुनुवाइका लागि उनीविरुद्ध उजुरी माग भएको थियो । सोही उजुरीका आधारमा सांसदहरूले पौड्याललाई प्रश्न गरेका थिए ।

सरकारी कर्मचारीका लागि आएको प्रतिमहिना ६ लाख रुपैयाँ प्राप्त हुने छात्रवृत्तिमा छोरीलाई पठाएको हो कि होइन ? भन्ने सांसदहरूको प्रश्नको जवाफमा पौड्यालले भने, ‘कर्मचारीलाई प्राप्त भएको छात्रवृत्तिमा छोरीलाई पठाएको होइन । उनी आफै क्षमतावान् हुन् । आंशिक छात्रवृत्ति पाएकी हुन् । उ प्रतिस्पर्धाबाट नै हुर्किइसकेकी हुन् । ६ लाख रुपैयाँ महिनामा आउने छात्रवृत्ति पनि होइन । त्यति धेरै पैसा आउने छात्रवृत्ति हुन्न । पढ्न र बस्न मात्रै छात्रवृत्ति प्राप्त हुन् ।’

पौड्यालले परराष्ट्र मन्त्रालयमा कर्मचारीका लागि आएको छात्रवृत्तिमा छोरीलाई स्विट्जरल्यान्ड पठाएको उजुरी परेको थियो । आफूविरुद्ध लगाउने आरोप र उजुरी नभएपछि छोरीको नाम लिएर उजुरी हालिएको भन्दै पौड्यालले त्यसमा कुनै सत्यता नभएको बताए । 

संसदीय समितिले पौड्याललाई क्यानडाको आवासीय र क्युबा, डोमिनिकन रिपब्लिक, जमैका र हाइटीका लागि गैर आवासीय राजदूत तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ)को  स्थायी प्रतिनिधिको रूपमा सर्वसम्मत अनुमोदन गरेको छ । राष्ट्रपतिले नियुक्त गरेपछि पौड्यालले जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया दिनुहोस