मध्य पहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने एमालेको तयारी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मध्य पहाडी लोकमार्ग अभियानलाई प्रभावकारी बनाउने एमालेको तयारी


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । नेकपा एमालेले शुरु गर्न मध्य पहाडी लोकमार्गमा सञ्चालन गर्न लागिरहेको विशेष अभियानलाई कोशी प्रदेशभित्र प्रभावकारी बनाउन नेकपा (एमाले) कोशी प्रदेशले तयारी थालेको छ ।

बैतडीको झुलाघाटबाट पाँचथरको चिवा भञ्ज्याङ जोड्ने पुष्पलाल मध्य पहाडी लोकमार्गमा अभियान सफल बनाउन एमाले कोशीले तयारी थालेको हो ।

अभियान अन्तर्गत मंसिर २६ गते अभियान टोलीलाई स्वागतसहित उदयपुरको घुर्मीमा जनसभा हुनेछ । त्यस्तै मंसिरको २८ गते तेह्रथुमको वसन्तपुर र मंसिर ३० गते पाँचथरको फिदिममा विशाल जनसहभागितामा सभा हुनेछन् ।

घुर्मी, वसन्तपुर र फिदिममा हुने तीनवटै सभा र जनपरिचालन नेकपा (एमाले) कोशी प्रदेश कमिटी र सबै जिल्ला कमिटीले व्यवस्थापन र जन परिचालन गरिने नेकपा (एमाले) कोशी प्रदेशले जनाएको छ । 

कोशी प्रदेशभित्र हुने हरेक आमसभाहरूमा न्यूनतम २५ हजार जनसहभागी रहने नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा जनसङ्गठन समन्वय संयन्त्रले जनाएको छ । 

कोशी प्रदेश अन्तर्गतका सडकहरू घुर्मी, हर्कपुर, हलेशी, दिक्तेल, चखेवा डाँडा, भोजपुर बजार, लेगुवा, पाख्रिबास, हिले, सिधुवा, वसन्तपुर, लसुने, जिरीखिम्ति, म्याङ्लुङ, संक्राति बजार, छातेढुँगा, चुहानडाँडा, जोरसाल, फिदिम, गणेशचोक, थर्पु र च्याङथापुमा स्वागत गेटहरू निर्माण गरिने छन ।

आइतबार इटहरीमा प्रचार विभाग प्रमुख लक्ष्मण तिवारी, जनसङ्गठन संयन्त्र प्रमुख बाबुराम थापा, ट्रेड युनियन इन्चार्ज भीमज्वाला राई केन्द्रीय प्रचार विभाग प्रमुख फलिलाराज भट्टराई, युवा विभाग ईन्चार्ज सावित्रा राई, साहित्य, कला, संस्कृति विभाग उपप्रमुख जेबी थुलुङ, नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन कोशी अध्यक्ष गौरी लामा लगायतको उपस्थितिमा छलफल भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस