संसदीय सुनुवाइकै दिन नाम अनुमोदन नगर्ने सहमति « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संसदीय सुनुवाइकै दिन नाम अनुमोदन नगर्ने सहमति


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । संसदीय सुनुवाइ समितिले संवैधानिक निकाय र राजदूतमा प्रस्तावित व्यक्तिको नाम सुनुवाइ पूरा भएकै दिन अनुमोदनको निर्णय नगर्ने सहमति भएको छ ।

सुनुवाइ समितिका सदस्य जीवन परियारका अनुसार आइतबार क्यानडाका लागि नेपाली राजदूतमा सिफारिस भरतराज पौड्यालको सुनुवाइपछि प्राप्त उजुरीका सम्बन्धमा अध्ययन गर्नुपर्ने माग केही सदस्यहरूले उठाएका थिए ।

हालसम्म सुनुवाइ समितिमा सुनुवाइ पूरा भएकै दिन अनुमोदनको निर्णय हुने गरेको थियो । विगतकै अभ्यासका आधारमा पौड्यालको नाम समितिले अनुमोदन पनि गरेको छ ।

सम्बन्धित समाचार : सुनुवाइ समितिद्वारा क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम अनुमोदन

Tags :
प्रतिक्रिया दिनुहोस