केपी ओली कपमा आज पनि दुई खेल  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

केपी ओली कपमा आज पनि दुई खेल 


१० मंसिर २०८०, आइतबार


काठमाडौँ । केपी ओली कप टी–२० क्रिकेटमा आज दुई खेल हुँदै छन् । आजको पहिलो खेलमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच बिहान ९ बजे खेल हुनेछ ।

त्यस्तै,आज हुने दोस्रो खेलमा मधेश प्रदेश र नेपाल पुलिस क्लब दिउँसो एक बजे खेल्नेछन् । हिजो भएको खेलमा सशस्त्र प्रहरीको एपीएफले लुम्बिनीलाई ८४ रनले र कर्णाली प्रदेशले मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रातो’ लाई ४ विकेटले हराएको थियो ।

पोखरामा भइरहेको प्रतियोगितामा ७ प्रदेशका ७ वटा टिम, विभागीय टिमहरू नेपाल पुलिस, नेपाल आर्मी, एपीएफ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको रातो र निलो गरी १२ टिमको सहभागिता छ । प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस