केपी ओली कप क्रिकेट : एपिएफले लुम्बिनीलाई हरायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

केपी ओली कप क्रिकेट : एपिएफले लुम्बिनीलाई हरायो


९ मंसिर २०८०, शनिबार


काठमाडौँ । पोखरामा जारी केपी ओली कप टी ट्वेन्टी क्रिकेटमा सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलो जित निकालेको छ । 

पोखरा रंगशालामा शनिबार भएको दोस्रो खेलमा एपिएफले लुम्बिनी प्रदेशलाई ८४ रनले पराजित गरेको हो।  

एपिएफले दिएको १ सय ५२ रनको लक्ष्य पछ्याएको लुम्बिनी ६७ रनमा समेटियो। उसका मिर्नल गुरुङले १४ र ध्रुव सुनारले ११ रन बनाए भने रोशन गुप्ता १३ रनमा अविजित रहे। अरू खेलाडिले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा अरुण ऐरीले ५ विकेट लिए। भुव कार्कीले २‚ अविनाश बोहोरा र अमर रौतेलाले समान एक/एक विकेट लिए। 

यसअघि पोखरा रंगशालामा टस जितेर पहिला ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५१ रन बनाएको थियो।

उसका लागि लोकेस बलमे अविजित सर्वाधिक ३२ रन बनाए। कप्तान प्रदीप ऐरीले ३०, अरुण ऐरीले २५, पूर्ण विकले २३, सुमित महर्जनले १८ र आसिफ शेखले १३ रन जोडे। लुम्बिनीका रमेश कुर्मी र अभिषेक गौतमले समान दुई/दुई तथा मोहम्मद हुसैनले एक विकेट लिए। 

जितसँगै २ अंक जोडेको एपिएफ समूह बी को शीर्ष स्थानमा उक्लिएको छ। ​एपिएफ पहिलो खेलमा गण्डकी प्रदेशसँग पराजित भएको थियो। 

Tags :
प्रतिक्रिया दिनुहोस