बाघको आक्रमणबाट एक जनाको मृत्यु « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

बाघको आक्रमणबाट एक जनाको मृत्यु


८ मंसिर २०८०, शुक्रबार


चितवन । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा राप्ती नगरपालिका वडा नं १ दुवीचौरका ४३ वर्षीय हरि पौडेल रहेका छन् ।

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आज बिहान ९ः४५ बजे पौडेलको मकवानपुरको मनहरी गाउँपालिका-६ लोथरस्थित राप्ती दोभानमा घाँस काट्न गएको बेला बाघको आक्रमणबाट मृत्यु भएको हो ।


Tags :
प्रतिक्रिया दिनुहोस