२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बल्खुको प्रदर्शनपछि प्रसाईँले भने-एउटा दुर्गा प्रसाईँले गणतन्त्र हल्लायो 

अ+ अ-

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले आफू एक्लैले गणतन्त्र हल्लाएको दाबी गरेका छन् । 

बिहीबार बल्खुको प्रदर्शनपछि निजी निवास भक्तपुरको ठिमीमा पत्रकार सम्मेलन गर्दै उनले संसदीय दलहरू एकातिर र अर्कोतिर एक्लै हुँदा पनि आफूले गणतन्त्र हल्लाएको दाबी गरेका हुन् । 

‘महेश बस्नेत केटाकेटीको कुरा नै नगर्नु । अहिले मिटिङ बस्दै छ,’ उनले भने, ‘एकातिर सबै संसदीय दल, अर्कातिर एउटा दुर्गा प्रसाईँ, हल्लियो होइन गणतन्त्र ? कि हल्लेको देख्नुभएन अहिले पनि ?’ आफूलाई मोसो दलेर एमाले नेता जिन्दाबाद भन्ने कार्यकर्ताले गण्तन्त्रविरोधी फरक धारको शक्ति बल्ल देखेको उनले दाबी गरे । 

गणतान्त्रिक व्यवस्थाको आलोचना गरेका उनले सबै मिलेर मुलुक बचाउनुपर्ने  बताए । ‘तस्कर भ्रष्टाचारीलाई लखेटौँ ।’ उनले भने । ‘सबै झण्डा त्याग गरेर नेपाली झण्डा मुनि आउनु । म हजुरबुबालाई पनि भन्छु, बुद्धि छ भने अहिले पनि आउनु, प्रधानमन्त्रीलाई पनि म आउनुस् । शेरबहादुर दाईलाई पनि भन्छु आउनु, गगन, विश्वप्रकाश, रवी लामिछाने, ज्ञानेन्द्र शाही सबैलाई  बोलाउँछ । आउनुस्,’ उनले भने, ‘नेपालको झण्डा बोकेर गरिबी, तस्कर र भ्रष्टाचारीसँग सब एक भएर लड्न आउनु भनेर सम्पूर्णलाई म आह्वान गर्छु ।’ 

उनले आफ्नो आन्दोलन निरन्तर रहने बताए । ‘यो व्यवस्था परिवर्तन भएको दिन गरिबहरुको ऋण मिनाहा हुन्छ, यो देशको अर्को शंखधर साख्वा हो यो दुर्गा प्रसाईँ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस