गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ : युनिसेफ


७ मंसिर २०८०, बिहिबार


संयुक्त राष्ट्रसङ्घ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय (युनिसेफ) ले गाजा बालबालिकाका लागि विश्वकै ‘सबैभन्दा खतरनाक स्थान’ भएको बताएको छ ।

युनिसेफका प्रमुख क्याथरिन रसेलले इजरायली सेनाद्वारा घेरिएको गाजा पट्टीलाई ‘बच्चा जन्माउनका लागि विश्वकै सबैभन्दा खतरनाक स्थान’ बताउनुभएको हो ।

युनिसेफका कार्यकारी निर्देशक रसेलका अनुसार अक्टोबर ७ मा हमासले इजरायलमाथि गरेको आक्रमणपछि गाजामा पाँच हजार ३०० भन्दा बढी बालबालिकाको मृत्यु भइसकेको छ । ‘यो तथ्याङ्क अकल्पनीय र हृदयविदारक छ,’ उनले भने ।

इजरायल र हमासले गाजामाजारी भीषण युद्ध र बमबारी रोक्न र बन्धकहरूलाई मुक्त गर्न बुधबार भएको सम्झौता भएको छ ।

इजरायली अधिकारीहरूका अनुसार अक्टोबर ७ मा हमासको नेतृत्वमा भएको आक्रमणमा परी करिब एक हजार २०० जनाको ज्यान गएको र नवजात शिशुदेखि वृद्धवृद्धासम्मका करिब २४० जनालाई बन्धक बनाइएको थियो ।

इजरायलले गाजामा बमबारी अभियान र स्थलआक्रमणको साथ जवाफी कारबाही सुरु गरेको थियो । हमासको प्रभाव रहेको गाजास्थित प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयका अनुसार, इजरायली कारबाहीमा बुधबारसम्म हजारौं महिला तथा बच्चाहरूसहित १४ हजार १०० व्यक्तिको मृत्यु भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस