मन्त्रिपरिषद् बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

मन्त्रिपरिषद् बैठक बस्दै


७ मंसिर २०८०, बिहिबार


काठमाडौँ । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक अहिले १० बजे बस्ने भएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बस्ने बैठकमा मन्त्रालयहरूका नियमित प्रस्तावहरूसँगै केही केही प्रशासनिक निर्णयहरूसमेत हुन सक्ने जनाइएको छ । सचिवालय स्रोतका अनुसार आजको बैठकले पुनः सहसचिवको सरुवा गर्ने निर्णय गर्न सक्ने सम्भावना छ ।

यसअघि नै पटक पटक सरुवा गर्ने निर्णय गरे पनि केही शक्तिशाली ठानिएका मन्त्रालयमा जाने र निस्कने सहसचिवहरूको शक्ति सङ्घर्षका कारण निर्णय कार्यान्वयन हुन सकेको थिएन । जसका कारण पटक पटक सूची फेरबदल हुँदै आएको थियो ।

सम्बन्धित समाचार : मन्त्रीको ‘लिंडेढिपी’ले सहसचिव सरुवा ‘बन्धक’ 

यससँगै बैठकका आजको आन्दोलनबारे पनि छलफल हुने बुझिएको छ ।

यसअघि मंगलवार बस्दै आएको बैठक आजदेखि बिहीवार बस्ने भनिएको छ । त्यसअघि सोमबार र विहीवार बस्ने गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस