आयोगले तोक्‍यो राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आयोगले तोक्‍यो राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार


६ मंसिर २०८०, बुधबार


Nirbachan_nirwachan_election

काठमाडौँ । निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिने मतदाताहरूको नयाँ मतभार तोकेको छ ।

२०७८ को जनगणनापछि प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख उपप्रमुख तथा अध्यक्ष उपाध्यक्षको नयाँ मतभार कायम भएको आयोगले जनाएको छ ।

बुधबार बसेको आयोगको बैठकले प्रदेश सभा सदस्यको मतभार ५३  र गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष र  नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतभार १९ कायम भएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडैले जानकारी दिए ।

यसअघि एक जना प्रदेशसभा सदस्यको मत ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ थियो । राष्ट्रियसभा निर्वाचनको मिति आगामी माघ ११ भित्र गर्ने गरी आयोगले सरकारलाई सुझाव दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस