गुल्मीको रेसुङ्गा नगरपालिकामा बिहीबार सार्वजनिक बिदा « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

गुल्मीको रेसुङ्गा नगरपालिकामा बिहीबार सार्वजनिक बिदा


६ मंसिर २०८०, बुधबार


काठमाडौँ । गुल्मीको रेसुङ्गा नगरपालिकाले बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले बिहीबार हरिशयनी एकादशीका दिन बिदा दिएको जनाएको हो ।

बिहीबार रेसुङ्गा नगर कार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालय, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संस्थामा बन्द रहने प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस