जाजरकोट भूकम्प प्रभावितलाई भानु नगरपालिकाको एक लाख सहयोग « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

जाजरकोट भूकम्प प्रभावितलाई भानु नगरपालिकाको एक लाख सहयोग


४ मंसिर २०८०, सोमबार


दमौली । जाजरकोट भूकम्प प्रभावितका लागि तनहुँको भानु नगरपालिकाले आर्थिक सहयोग गरेको छ । नगरपालिकाले जाजरकोट भूकम्प प्रभावितका लागि एक लाख पाँच हजार आर्थिक सहयोग गरेको हो । 

उक्त रकम भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले जाजरकोट पुगेर प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन् । भूकम्पबाट पीडित बनेकाको राहत र उद्धारका लागि नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट थोरै भए पनि सहयोग गरिएको त्रिपाठीले बताए । 

भानु नगरपालिकाका प्रमुख त्रिपाठीको नेतृत्वमा वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत लगायतको टोली जाजरकोट पुगेको थियो । त्यस क्रममा उनीहरूले भूकम्पमा परी मृत्यु  भएका नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको परिवारप्रति समवेदना व्यक्त गरेका थिए । 

यसअघि जिल्लाकै देवघाट गाउँपालिका र व्यास नगरपालिकाले भूकम्प पीडितका लागि रु पाँच/पाँच लाख सहयोग गर्ने निर्णय गरेको थियो । 

Tags :
प्रतिक्रिया दिनुहोस