विश्वकप क्रिकेट : अस्ट्रेलियाले टस जित्यो, भारतले ब्याटिङ गर्ने « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विश्वकप क्रिकेट : अस्ट्रेलियाले टस जित्यो, भारतले ब्याटिङ गर्ने


३ मंसिर २०८०, आइतबार


काठमाडौँ ।  आइसिसी एकदिवसीय विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र अस्ट्रेलिया खेल्दै छन्।

अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार आज दिउँसो सवा २ बजे फाइनल खेल सुरु हुने खेलमा अस्ट्रेलियाले टस जितेको छ। अस्ट्रेलियाले टस जितेर बलिङ रोजेपछि भारतले पहिले ब्याटिङ गर्नेछ।

सेमिफाइनल खेलमा भारतले न्युजिल्याण्डलाई र अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई हराएर फाइनलमा भेट पक्का गरेका थिए।

जारी विश्वकपको लिग चरणमा भारतले अस्ट्रेलियालाई ६ विकेटले हराएको थियो। यसपालि उच्च लयमा देखिएको भारत अहिलेसम्म अपराजित छ। अस्ट्रेलिया लिग चरणमा २ खेल हारेपछि लयमा फर्किएको थियो। सेमिफाइनलमा दक्षिण अफ्रिकालाई हराउन उसले कडा मेहनत गर्नुपरेको थियो।

विश्वकपको इतिहासले भारतभन्दा अस्ट्रेलिया बलियो देखाउँछ। अस्ट्रेलियाले आठौंपटक विश्वकपको फाइनल खेल्न लागेको हो भने उसले पाँच पटक यो ट्रफी जितेको छ।

भारतले चौथो पटक विश्वकपको फाइनल खेल्दैछ। भारत दुईपटक च्याम्पियन बन्दा एकपटक सन् २००३ मा उपविजेतामै चित्त बुझाउनु परेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस