जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्री ‘प्रचण्ड’ को निर्देशन


३ मंसिर २०८०, आइतबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरूसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

कार्यालय प्रमुखहरूसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए। प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे । रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुगेका हुन् ।

यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन् । प्रधानमन्त्रीलाई मैकोटवासीले भव्य स्वागत गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस