आज यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना « प्रशासन
Logo ९ जेष्ठ २०८१, बुधबार
   

आज यी तीन प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना


२ मंसिर २०८०, शनिबार


काठमाडौँ । हाल देशको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ भने कोशी प्रदेशमा बङ्गालको खाडीको मध्य पश्चिमी क्षेत्रमा बनेको चक्रवात ‘मिडहीली’को आंशिक प्रभाव रहेको छ।

आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस