२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

रास्वपाले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने

अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले शनिबारदेखि घरदैलो कार्यक्रम गर्ने भएको छ ।

रास्वपाका महामन्त्री एवं प्रवक्ता डा. मुकुल ढकालका अनुसार गत निर्वाचनको एक वर्ष पूरा हुँदै गर्दा मतदातालाई धन्यवाद दिँदै सुझाव सङ्कलनका लागि शनिबारदेखि सोमबारसम्म जनताको घरदैलो जाने भएको हो ।

“चुनावअघि मात्र हैन चुनावपछि पनि घरदैलो कार्यक्रम गर्नपर्छ भन्ने मान्यताअनुरुप हामी घरदैलो कार्यक्रम गर्दैछौँ”, प्रवक्ता डा. ढकालले भने, “गत निर्वाचनमा अमूल्य मतसहित विश्वास दिएकोमा धन्यवाद दिन पार्टीको सबै सङ्गठन परिचालन गरी यही मङ्सिर २, ३ र ४ मा घरदैलोमा जाँदैछौँ । जनताबाट थप सल्लाह, सुझाव र खबरदारी गर्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको हो ।”

यही मङ्सिर ४ गते मतदान सम्पन्न भएको एक वर्ष पूरा हुँदैछ । पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार सबै सांसद, उम्मेदवार र केन्द्रीय सदस्यलगायत सहभागी हुनेछन् । प्रत्यक्षतर्फको एक सय ३१ र समानुपातिकतर्फको एक सय सात जना सहभागी हुनेछन् ।

“नयाँ पार्टीका रूपमा हामी चुनावमा हतारमा थियौँ । त्यस समयमा गरिएको प्रतिबद्धताप्रति प्रतिबद्ध नै छौँ है भन्ने सन्देश दिन पनि जनताको घरदैलो जाँदैछौँ”, सहमहामन्त्री बुर्लाकोटीले भने, “एक सय ३१ वटा निर्वाचन क्षेत्र र त्यसबाहेक थप १० निर्वाचन क्षेत्र समिति गरी एक सय ४१ निर्वाचन क्षेत्रमा परिचालन हुनेछ ।”

प्रवक्ता डा. ढकालले तीन दिनमा सबै ठाउँमा पुग्न सम्भव नभए पनि अन्य समयमा विभिन्न कार्यक्रममार्फत जनतासम्म पुग्ने बताए । यस्तै, आज पार्टीको सातै प्रदेशको प्रदेश र निर्वाचन क्षेत्र स्तरीय बैठकसमेत बस्दैछ ।

प्रतिक्रिया दिनुहोस