न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्युजिल्याण्डलाई हराउँदै भारत विश्वकप क्रिकेटको फाइनलमा


३० कार्तिक २०८०, बिहिबार


काठमाडौँ । भारत घरेलु मैदानमा जारी एक दिवसीय विश्वकप क्रिकेटको फाइनल प्रवेश गरेको छ।

बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई ७० रनले पराजित गर्दै भारत फाइनल प्रवेश गरेको हो। टस जितेर पहिलो ब्याटिङ गरेको भारतले न्युजिल्याण्डलाई ३९८ रनको लक्ष्य दिएको थियो। विशाल रनको लक्ष्य पछ्याएको न्युजल्यान्ड ४८.५ ओभरमा ३२७ रन बनाउँदै अलआउट भयो।

भारतले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३९७ रन बनाएको थियो। भारतका लागि विराट कोहलीले ११७, श्रेयस् ऐरले १०५ र सुमन गीलले ८० रन जोडे।

जवाफी ब्याटिङमा न्युजिल्याण्डका लागि डेरिल मिचेलले सर्वाधिक १३४ रन बनाए भने कप्तान केन विलियमसन ६९ रन जोडे।

९.५ ओभर बलिङ गरेका भारतका बलर मोहम्मद सामीले ५७ रन खर्चिएर सात विकेट लिए। भारतका लागि जसप्रित बुम्राहा, कुलदीप यादव र मोहमद सिराजले एक-एक विकेट हात पारे।

भारतले फाइनलमा दोस्रो सेमिफाइनलको विजेतासँग मंसिर ३ गते प्रतिस्पर्धा गर्नेछ। दोस्रो सेमिफाइनलमा बिहीबार अष्ट्रेलिया र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दैछन्।

Tags :
प्रतिक्रिया दिनुहोस