‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

‘टिकटकलाई करको दायरामा ल्याउनुपर्थ्यो’


२९ कार्तिक २०८०, बुधबार


काठमाडौँ । कम्प्युटर एसोसिएसन नेपाल महासङ्घ (क्यान)ले टिकटकलाई करको दायरामा ल्याएर व्यावसायिक वातावरणमा सञ्चालन तथा नियमनको व्यवस्था गर्न सकेको भए देशको अर्थतन्त्रमा सहयोग पुग्ने बताएको छ ।

क्यानले आज एक विज्ञप्ति निकालेर  निर्णयमा पुनर्विचार गर्न सरकारलाई आग्रह गरेको छ । साना तथा मझौला व्यवसायीलाई आफ्नो बजार विस्तार गर्ने टिकटक विकल्प बनेकाले त्यसलाई नियमन गर्दा उपयुक्त हुने  क्यानको धारणा छ । 

“नेपालमा उपलब्ध सबै खाले सामाजिक सञ्जालको सुव्यवस्थित प्रयोगका लागि सरकारले विज्ञ टोलीमार्फत वार्ता तथा समन्वय गर्न क्यान आग्रह गर्दछ । निजी क्षेत्रको हैसियतमा हामी सरकारसँग जस्तोसुकै प्राविधिक सहकार्य गर्न तयार छौँ,” विज्ञप्तिमा भनिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस