न्युजिल्याण्डविरुद्ध भारतका विराट कोहलीले शतक बनाए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

न्युजिल्याण्डविरुद्ध भारतका विराट कोहलीले शतक बनाए


२९ कार्तिक २०८०, बुधबार


काठमाडौँ । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा न्युजिल्याण्डविरुद्ध आयोजक भारतका विराट कोहलीले शतक पुरा गरेका छन। कोहलीले  १०६ बलमा  ९चौका  र १ छक्कासँगै शतक  पुरा गरेका हुन । ताजास्थीतीमा भारतले न्युजिल्यण्डविरुद्ध टस जितेर पहिलाङ गर्दै   ४२ ओभरमा १ विकेट गुमाएर  ३०३ रन बनाएको छ ।

भारतका सुरुवाती व्याटर कप्तान रोहित  ८ दशमलव २ ओभरमा निजी ४७ रन बनाए आउट भए। अहिले विराट कोहली र श्रेयस अय्यर  खेलिरहेका छन ।कोहली १०६ रन तथा अय्यर ६६ रन बनाएर क्रिजमा छन। शुभमन गिल  ७९ रन बनाएर रिटायर्ड हर्ट हँदै बाहिरीएका छ।

भारतले जारी खेलमा शतप्रतिशत ९ वटै खेल जितेर सेमिफाइनलमा स्थान बनाएको हो भने न्युजिल्याण्डले ९ खेलमा ५ जित र ४ हारका  साथ १० अङ्क जोडेर चौथो हुँदै सेमिफाइनलमा पुगेको हो।

जारी लिगमा भारतले न्युजिल्याण्डलाई  ४ विकेटबाट हराएको थिए ।चार वर्ष अगाडिको विश्वकपमा भने  भारतलाई न्युजिल्याण्डले १८ रनले हराउँदै सेमिफाइनलमै रोकिएको थियो।भारत र न्युजिल्याण्डबिच विश्वकप क्रिकेटमा अहिलेसम्म ९ पटक खेल भएको छ । ५ पटक न्युजिल्याण्डले जित्दा भारतले ४ पटक जित हात पारेको छ।

भारतले दुई पटक विश्वकप जितेको छ भने न्युजिल्याण्डले अहिलेसम्म विश्वकपको उपाधि जित्न सकेको छैन।पछिल्ला दुई विश्वकपमा  भन् न्युजिल्याण्ड उप–विजेतामै सीमित रहेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस