प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

प्रहरीले चलाएको गोली लागेर दुईजना घाइते


२९ कार्तिक २०८०, बुधबार


जलेश्वर । प्रहरीले चलाएको गोली लागेर महोत्तरीमा दुईजना घाइते भएका छन् । गए राति हातहतियारसहित दुई जनालाई पक्राउ गरेकोमा प्रहरीको गाडीबाट भागेपछि दुवै जनालाई प्रहरीले गोली हानेको थियो । दुवै जना गम्भीर घाइते भएका छन् । 

घाइते हुनेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ का ३२ वर्षीय शक्तिकपुर पासवान र ३३ वर्षीय अजय पासवान रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । प्रहरीका अनुसार दुवै जनाले यही कात्तिक २० गते राति जलेश्वर नगरपालिका–८ का जय किशोर चौधरीको घरबाट रु एक लाख नगद, सुनका गहना, चाँदी तथा एक थान मोबाइल लुटेका थिए ।

जिल्ला प्रहरी कार्यालयबाट सहायक प्रहरी निरीक्षक रामेश्वर यादवको नेतृत्वमा खटिएको टोलीले दुवै जनालाई मङ्गलवार गरुडा नगरपालिका–४ पानी ट्याङ्की नजिकैबाट पक्राउ गरेको थियो । प्रहरीले उनीहरूको साथबाट कटुवा पेस्तोल एक थान, गोली चार राउन्ड, मोबाइल एक थान र नगद रु चार हजार बरामद गरेको छ । 

पक्राउ परेका दुवै जना महोत्तरी ल्याउँदै गर्दा राति सर्लाहीको सङ्ग्रामपुरबाट भाग्न खोजेपछि प्रहरीले चलाएको गोलीबाट घाइते भएका प्रहरीले जनाएको छ । हाल उनीहरूको  प्रादेशिक अस्पताल जलेश्वरमा उपचार भइरहेको छ । 

करिब रु ६० लाख लुटपाट गरेको आरोपमा पक्राउ परेका दुवै जनालाई प्रहरीले मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २० को दफा २४४ बमोजिम कारबाही प्रक्रिया अगाडि बढाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस