नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नेकपा एसका अध्यक्ष नेपाल स्वदेश फिर्ता


२९ कार्तिक २०८०, बुधबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल स्वदेश फिर्ता भएका छन् । 

दक्षिण एसियाली पार्टीहरूको भेलामा सहभागी हुन अध्यक्ष नेपाल नेतृत्वको १५ सदस्यीय प्रतिनिधिमण्डल यही कात्तिक २१ गते चीन प्रस्थान गरेको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा खुनमिङ सहरमा भएको उक्त कार्यक्रममा सहभागी भएर प्रतिनिधिमण्डल स्वदेश फर्केको हो ।

‘सेयरिङ द अचिभमेन्ट अफ द बिआरआई’ कार्यक्रममा समेत अध्यक्ष नेपालसहितको टोलीले भाग लिएको थियो । 

भ्रमणका क्रममा चिनियाँ कम्युनिष्ट पार्टीका उच्चस्तरीय नेताहरूसँग भेटघाट तथा छलफल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीच सम्बन्ध सुदृढीकरणलगायत विषयमा छलफल भएको पार्टीले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस