गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

गाजामा रहेको संयुक्त राष्ट्रसंघ एजेन्सीको मुख्यालय इजरायली हवाई आक्रमणबाट प्रभावित


२७ कार्तिक २०८०, सोमबार


गाजा । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रमले गाजामा रहेको आफ्नो मुख्यालय इजरायली हवाई आक्रमणको सिकार भएको र त्यहाँ शरण लिइरहेका प्यालेस्टिनी शरणार्थीहरूको हताहत भएको जानकारी दिएको छ।

शनिबार वेबसाइटमा प्रकाशित विज्ञप्ति अनुसार संयुक्त राष्ट्रसंघ एजेन्सीले आक्रमणबाट आफ्नो परिसरमा शरण खोजिरहेका मानिसहरूको मृत्यु भएको जनाएको छ । साथै घाइतेहरूप्रति गहिरो चिन्ता समेत व्यक्त गरेको छ।

विज्ञप्तिमा भनिएको छ- नागरिक पूर्वाधारको रक्षा गर्न र संयुक्त राष्ट्रसंघबाट दिइएको मानवीय सहयोगलाई सुरक्षित राख्नु पर्ने आवश्यकतालाई जोड दिइएको छ।

हालसम्म यस घटनाको बारे इजरायली पक्षबाट कुनै प्रतिक्रिया आएको छैन।

Tags :
प्रतिक्रिया दिनुहोस